लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत « Khabarhub

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको स्थानीय झलक बोहराले बताए। 

‘पानी नपाएर मर्न थालेका बोटविरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ’, उनले भने, ‘गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्नेछ ।’ वैशाखदेखिको चर्को गर्मीसँगै बढेको तापक्रमले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर बनेको थियो । 

लामो समयदेखि पानी पर्न नसकेर उत्पन्न सुक्खा मौसम र बढेको गर्मीसँगै वनजङ्गल र गाउँवस्तीमा आगलागीका घटना बढेका थिए । 

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज धनगढीमा आठ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको जानकारी दिए।

उनले भने ‘आज पश्चिमी वायुको प्रभावले भएको वर्षाले जनस्वास्थ्यमा असर पुर्‍याउने प्रदूषित वायुलाई हटाएको छ, कृषि प्रणालीलाई पनि फाइदा पुर्याएको छ ।’ गर्मी बढ्दै जाँदा यसवर्ष यही वैशाख २३ गने धनगढीको अधिकतम तापक्रम ४१ दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : १३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको