फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक « Khabarhub

फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ । त्यसपछिका दृश्यमा उनीहरूबीचको रोमान्ससँगै झगडालाई देखाइएको छ । 

टिजरमा अन्य कलाकारहरू कवीर खड्का, गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ ।  

घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ । फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ५७ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा