लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ « Khabarhub

लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

लिमिटेड खानामा अनलिमिटेड अफर


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित र्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए । 

उत्सवलाई होक्काइडो नेपालले ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ को रुपमा लिएको बताएको छ । यो उत्सवमा जापानी खाना, पेय पदार्थ र संगीतको फरक स्वाद लिन सक्ने सञ्चालक अधिकारीले जानकारी दिए । 

उत्सवमा खानाको परिकार अनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु तयार गरिएको छ । जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने सञ्चालक अधिकारीले बताए ।

एचएनबीजीले नेपालमा जापानी खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको यो गु्रपले उपत्यकाका विभिन्न क्षेत्रमा जापानी परिकारका रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् ।

होक्काइडोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइडो र्‍याडिसन होटल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर