म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो « Khabarhub

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामविरुद्धथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगका ३६ खेलपछि म्यानचेस्टर सिटी ८५ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । अब २ खेल खेल्न बाँकी रहदा सिटीले यस सिजनको प्रिमियर लिग जित्ने सम्भावना बढी देखिएको छ ।

म्यानचेस्टर सिटीले लिगमा अब मे १५ मा टोटनह्यामसँग र मे १९ मा वेस्टह्यामसँग खेल्ने छ । सिटीमाथि अब दुवै खेल जित्नै पर्ने दबाब रहेको छ ।

त्यस्तै ३६ खेलमा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा रहेको छ । त्यसैगरी आर्सनलले आफ्ना अन्तिम दुई खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग र मे १९ मा एभर्टनसँग खेल्ने तालिका रहेको छ ।

दुवै खेलमा जितभन्दा अन्य नतिजाले आर्सनललाई लिग उपाधिको दौडबाट बाहिर लैजाने छ । त्यसैगरी फुलह्यामको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : २१ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी