निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित « Khabarhub

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा अर्का उम्मेदवार कृष्ण पाख्रिनलाई तीन मतको झिनो अन्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित थापाले ९० मत प्राप्त गर्दा पाख्रिनले ८७ मत ल्याए ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित भएका छन् । तामाङले एक सय २ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी हरिबहादुर श्रेष्ठले ७३ मत पाए । प्रथम उपाध्यक्षमा ९४ मतसहित ईन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

यसैगरी, तृतीय उपाध्यक्षमा ६५ मतसहित रमेश तामाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा निर्वाचि भएका रोशन श्रेष्ठ ९२ मत प्राप्त गरे । भने कोषाध्यक्षमा गणेशबहादुर थापा एक सय एक मतसहित निर्वाचित भएका छन् ।

निर्माण व्यवसायी संघको महासचिव, द्धितीय उपाध्यक्ष र सहकोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । महासचिवमा लालबहादुर तमाङ, द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन् ।

संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनमा १ सय ७९ मत खसेको थियो । कुल मतदाताको संख्या एक सय ९२ रहेको समितिका सदस्य गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए । संघको सदस्य तर्फ बरिष्ठ उपाध्यक्ष तर्फ भिष्मप्रकाश खड्का, प्रलाद कार्की बिदुर, रोशन काफ्ले लगायत १२ जना सदस्य निर्वाचित भएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १० बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई