गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल « Khabarhub

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् सुर्खेतले आयोजना गरेको आदिवासी जनजातिहरूको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

“जनजातिहरूको कार्यक्रममा पुरुषको भन्दा महिलाको सहभागिता हुनु सकारात्मक कुरा हो । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो”, मुख्यमन्त्री कँडेलले भने।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार सांस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले गरेका थिए भने सहजीकरण महासङ्घका सचिव भीम गुरुङले गरेका थिए । कार्यक्रममा विभिन्न जनजाति समुदायले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ०१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट