विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा | Khabarhub Khabarhub

विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैैछन् । समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ । दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ ।

पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भयो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्यान्डमाथि १२ रनको जित निकालेको हो ।

समूह ‘ए’मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्यान्ड छन् । भारत चार अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक रहेको आयोजक अमेरिका दोस्रो स्थानमा छ भने दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ । यो समूहमा रहेका पाकिस्तान र आयरल्यान्डले अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका