मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन | Khabarhub Khabarhub

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलावीका उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार विमान सम्पर्कविहीन भएको छ ।

मलावीको राजधानी लिलोङवेबाट सोमबार बिहान उडेको उक्त विमानमा उपराष्ट्रपतिसहित १० जना सवार रहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडार सम्पर्कबाट विच्छेद भएको बीबीसीले जनाएको छ ।

उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजे देशको उत्तरमा रहेको मजुजु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

घटनाबारे सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान वेपत्ता हुनुको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ९ : ५८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार