गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा « Khabarhub

गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले गरिबका लागि थप तीन करोड नयाँ घर बनाउने निर्णय गरेको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको नेतृत्वमा गठित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

उक्त घरहरूमा शौचालय, ग्यास जडान, बिजुली जडान, धारा जडान जस्ता आधारभूत सुविधाहरू उपलब्ध हुनेछन्

ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन सरकारले सन् २०१५–१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।

यो योजना अन्तर्गत विगत १० वर्षको अवधिमा ४ दशमलव २१ करोड घर बनिसकेका छन् ।

गत आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका थिए । मोदी नेतृत्वको सरकारमा ७२ सदस्य छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : ५१ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको