गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा « Khabarhub

गरिबका लागि थप तीन करोड घर बनाउने भारत सरकारको घोषणा


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले गरिबका लागि थप तीन करोड नयाँ घर बनाउने निर्णय गरेको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको नेतृत्वमा गठित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

उक्त घरहरूमा शौचालय, ग्यास जडान, बिजुली जडान, धारा जडान जस्ता आधारभूत सुविधाहरू उपलब्ध हुनेछन्

ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन सरकारले सन् २०१५–१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।

यो योजना अन्तर्गत विगत १० वर्षको अवधिमा ४ दशमलव २१ करोड घर बनिसकेका छन् ।

गत आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका थिए । मोदी नेतृत्वको सरकारमा ७२ सदस्य छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : ५१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको