गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै | Khabarhub Khabarhub

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

प्रदेशसभामा हिजो विश्वासको मत लिएसँगै पाण्डेले माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने तयारी गरेका हुन् । मनाङे छैटौँ पटक मन्त्री बन्न लागेका हुन् ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले यसअघि नै कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

आज मन्त्रिपरिषद विस्तार लगत्तै दिउँसो ३ बजे गण्डकी प्रदेशको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

माओवादीको चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप अस्वीकार गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ ।

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ११ : ०७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको