निजी क्षेत्रसँगको सहकार्यले विकासमा प्रतिफल : मुख्यमन्त्री कँडेल « Khabarhub

निजी क्षेत्रसँगको सहकार्यले विकासमा प्रतिफल : मुख्यमन्त्री कँडेल


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताएका छन् ।

सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राखे ।

‘कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकाले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ’, मुख्यमन्त्री कँडेलले भने ।

उनले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको बताए । कर्णालीको परिचय बदल्न अब सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : ४५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई