गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ? « Khabarhub

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ?


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा मुछिएर फरार गितेन्द्रबाबु राई (जीबी) लाई छिटोभन्दा छिटो पक्राउ गरेर स्वदेश ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देशभन्दा ठूलो जीबी राई देखिएको भन्दै उनलाई छिटोभन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन् ।

‘आकाश-पाताल जहाँबाट भए पनि राईलाई पक्राउ गरेर ल्याउछौँ भनेर गृहमन्त्रीले भनेको हो’, उनले भने, ‘कहिले पक्रेर ल्याउने हो ? हामी हेरेर बसिरहेका छौँ ।’

शाहीले अहिले साना-साना काण्ड मात्रै नभई भ्रष्टाचार र अनियमितताका ठूला फाइल पनि खोल्न सुझाव दिए ।

उनले गिरीबन्धु प्रकरणका विषयमा पनि छानबिन गर्दै सत्यतथ्य संसद्‍लाई जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।

शाहीले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै प्रदेशको मुख्यमन्त्री जस्तो सम्मान र व्यवहार गरिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १२ : ३० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको