पर्वत अस्पतालमा विशेषज्ञ सेवा बिस्तारपछि स्थानीय लाभान्वित « Khabarhub

पर्वत अस्पतालमा विशेषज्ञ सेवा बिस्तारपछि स्थानीय लाभान्वित


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पर्वत– लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् । 

अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए। 

अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलब्ध  हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् । त्यसैगरी जनरल सर्जन सेवातर्फ डा शिशिर देवकोटाले सेवा दिने छन् ।

डा सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसूतिसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा अब जिल्लामै पाइने छन् । यस्तै शरीरमा गाँठागुठी भएका, पाइल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाइटिसलगायत विभिन्न शल्यक्रिया सेवा पनि यही अस्पतालबाट प्रदान हुने अध्यक्ष गिरीले बताए। 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले यो सेवासँगै जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे।  

अस्पतालले गत चैतदेखि उपचारका लागि आउने बिरामीको सहजताका लागि बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्दै आएको छ । पहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा सञ्चालन भइरहेको थियो। दिउँसो मात्र बहिरङ्ग सेवा सञ्चालन गर्दा बिहानबेलुका बिरामीले निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासोपछि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सेवा सञ्चालन गर्न थालिएको समितिका अध्यक्ष बाँस्तोलाले बताए। 

अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसैघण्टा उपलब्ध हुने उनले जानकारी दिए। यसबाट दैनिक मजदुरीमा जानेदेखि शिक्षक र कर्मचारी लाभान्वित भइरहेका छन् ।

सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले  दैनिक काम छाडेर उपचार गर्नुपर्ने बाध्यतासमेत हट्दै भएको छ ।

सेवा विस्तार गरे पनि अस्पतालमा अझै जनशक्ति अभाव छ । यो समस्या समाधानका प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीको माग रहेको छ ।

यस अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको छ । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ३७ बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको