भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो « Khabarhub

भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रूपमा भन्सार छलेर संलकन गरी लैजान लागेको करिब २५ ग्रामको सुनको एक थान सिक्रीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले उक्त सिक्रीसँगै आईफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका-३ निवासी ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान थोकर छन् ।

हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई उक्त सामान ल्याउन लगाएको खुलेको छ ।

उक्त सामान भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा काबारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १२ : ४८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं