भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो | Khabarhub Khabarhub

भन्सार छलेको २५ ग्राम सुन र मोबाइलसहित दुईजनालाई प्रहरीले समात्यो


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रूपमा भन्सार छलेर संलकन गरी लैजान लागेको करिब २५ ग्रामको सुनको एक थान सिक्रीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले उक्त सिक्रीसँगै आईफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका-३ निवासी ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान थोकर छन् ।

हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई उक्त सामान ल्याउन लगाएको खुलेको छ ।

उक्त सामान भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा काबारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ४८ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका