रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु | Khabarhub Khabarhub

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सुखोई–३४ जेट ‘पहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएको एक विज्ञप्तिमा लेखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब ८०० किलोमिटर टाढा छ ।

जुन–८ मा क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको, तर ती मध्ये तीनलाई गोली हानेर खसालेको बताए ।

फेब्रुअरी २०२२  मा युक्रेन विरुद्ध रूसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  २ : १८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार