नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो  « Khabarhub

नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो 


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २१ सय विन्दु पार गरेको छ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेर नेप्सेले २१ सय विन्दु पार गरेको हो । 

सोमबार नेप्से ८.९० अंकले बढेर बन्द भएको थियो । आज पनि नेप्सेको बढ्ने क्रम जारी रहेको छ । आज मंगलबार नेप्से ३३.१५ अंकले बढेको छ । आज नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा पुगेको छ । 

आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेच भएको छ ।

मंगलबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा २०३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ४.१८ अंकले, फ्लोट इन्डेक्स २.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको छ । 

मंगलबार १३ वटा समूहमध्ये सबैको मूल्य बढेको छ । आज सबैभन्दा बढी जिवन बीमामा लगानीकर्ताको उत्साह देखिएको छ भने सबैभन्दा कम म्युचल फण्डमा देखिएको छ । जिवन बीमा २४१.११ अंकले बढेको छ भने म्युचअल फण्ड ०.०९ अंकले बढेको छ । 

बरुण हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत, माथिल्लो हेवाखोला जलविद्युत र भगवती जलविद्युत विकास कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एनआरएन पूर्वाधार र विकासको शेयरमा पनि ९.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया