नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो  « Khabarhub

नेप्सेले पार गर्‍यो २१ सय विन्दु, शेयर बजार ३३.१५ अंकले बढ्यो 


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २१ सय विन्दु पार गरेको छ । शेयर बजार लगातार दोस्रो दिन पनि बढेर नेप्सेले २१ सय विन्दु पार गरेको हो । 

सोमबार नेप्से ८.९० अंकले बढेर बन्द भएको थियो । आज पनि नेप्सेको बढ्ने क्रम जारी रहेको छ । आज मंगलबार नेप्से ३३.१५ अंकले बढेको छ । आज नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा पुगेको छ । 

आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेच भएको छ ।

मंगलबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा २०३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ४.१८ अंकले, फ्लोट इन्डेक्स २.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको छ । 

मंगलबार १३ वटा समूहमध्ये सबैको मूल्य बढेको छ । आज सबैभन्दा बढी जिवन बीमामा लगानीकर्ताको उत्साह देखिएको छ भने सबैभन्दा कम म्युचल फण्डमा देखिएको छ । जिवन बीमा २४१.११ अंकले बढेको छ भने म्युचअल फण्ड ०.०९ अंकले बढेको छ । 

बरुण हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत, माथिल्लो हेवाखोला जलविद्युत र भगवती जलविद्युत विकास कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एनआरएन पूर्वाधार र विकासको शेयरमा पनि ९.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ३३ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर