वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ सय जनाबाट १५ करोड ठगी  « Khabarhub

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ सय जनाबाट १५ करोड ठगी 


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देश पठाइदिने भन्दै तीन सय बढिलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिन्छु भनी ३०० जनाभन्दा बढीसँग करिब १५ करोड रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा चितवन घर भएका राज कुमार भट्ट, पोखरा घर भएका नवीन बिक र पवन पन्त रहेका छन् ।

आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । 

विदेश जान चाहने मानिसहरूले सुरुमा केही रकम जम्मा गरिदिएपछि नक्कली भिसा देखाउने गरेको समेत खुलेको उनले बताए । त्यस्तै अमेरिका पठाइदिन्छु भन्दै ४ करोड भन्दा ठगी गर्ने नारायण कुमार खड्कालाई समेत गड्डाचौकीबाट पक्राउ गरि ल्याइएको उनले बताए ।

त्यस्तै प्रहरीले थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख ठगी गर्ने सर्लाही घर भएका मुन्न सिंह भनिने सुजित कुमार सिंहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्दामा पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई भन्दै उक्त रकम ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ४ : १८ बजे

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको