पाइलट पन्तको उडान निलम्बन फुकुवा « Khabarhub

पाइलट पन्तको उडान निलम्बन फुकुवा


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । 

पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’ बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उनको उडान निलम्बन फुकुवा गरिएको हो ।’ नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ४ : ४२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन