पाइलट पन्तको उडान निलम्बन फुकुवा | Khabarhub Khabarhub

पाइलट पन्तको उडान निलम्बन फुकुवा


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । 

पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’ बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उनको उडान निलम्बन फुकुवा गरिएको हो ।’ नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ४ : ४२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले