महेश बर्तौला भन्छन्- राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ  « Khabarhub

महेश बर्तौला भन्छन्- राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ 


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिटै सदनमा जानकारी गराउने बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ५ : ०३ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको