महेश बर्तौला भन्छन्- राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ  | Khabarhub Khabarhub

महेश बर्तौला भन्छन्- राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिटै सदनमा जानकारी गराउने बताए ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ०३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’