गण्डकीमा ‘फ्लोर क्रस’: देवकोटालाई निलम्बन गर्दै माओवादी केन्द्र « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’: देवकोटालाई निलम्बन गर्दै माओवादी केन्द्र


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश सभा संसदीय दलको ह्वीप उल्लंघन प्रकरणमा नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्बन तयारी गरेको छ ।

माओवादी केन्द्रका एकजना पदाधिकारीका अनुसार मंगलबार मात्रै गण्डकीको ऊर्जामन्त्रीमा नियुक्त देवकाटालाई तत्कालै निलम्बन गर्न लागिएको हो ।

उनलाई मंगलबार नै निलम्बन गर्ने तयारी गरिएको माओवादीका एक पदाधिकारीले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘पार्टीको निर्णय नमान्नेलाई निलम्बन प्रक्रिया अगाडि बढाएका छौँ। साँझसम्म निर्णय सार्वजनिक भइसक्ने छ ।’

देवकोटाले सर्वोच्च अदालतको परमादेशअनुसार गत जेठ १६ मा गण्डकी प्रदेशका मुख्यमन्त्रीमा फर्किएका कांग्रेस सांसद सुरेन्द्र पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए ।

२०७९ को मा गोरखा २ (क) बाट माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर जितेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकाटाले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए ।

मा‌ओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले आइतबार नै मुख्यमन्त्री पाण्डेको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि देवकोटाले ‘फ्लोर क्रस’ गरिदिएपछि नयाँ विवाद सुरु भएको छ ।

थप समाचार

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ०१ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका