गृहमन्त्रीलाई प्रभु साहको सुझाव- नैतिकताको आधारमा राजीनामा दिनुहोस्  | Khabarhub Khabarhub

गृहमन्त्रीलाई प्रभु साहको सुझाव- नैतिकताको आधारमा राजीनामा दिनुहोस् 


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मन्त्री आम जनता पार्टी (आजपा)  का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

देशका युवालाई यदि नेपालमै रोजगार दिन सकिदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। 

मंगलबार  प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक वर्ष २०८१-०८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएका लाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने विषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् । 

‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवर्द्धन गर्न सकिदैन ? विदेशमा रोजगार प्रवर्द्धन गर्ने तर नेपालमा रोजगार प्रवर्द्धन गर्नै नहुने रु गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउँछु । कार्यक्रममा त देखिएन् ।

यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरूको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित