‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’ « Khabarhub

‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘ह्रस्व दीर्घ’ नायिका नीता ढुंगानाले निर्माण गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । फिल्मको मुख्य नायिका नीता सो पोस्टरमा बज्र लिएर उभिएकी छन् । 

पोस्टरमा नीताको पछाडि फिल्मका ६ मुख्य कलाकारको टाउको देख्न सकिन्छ । दक्षिण भारतीय ब्रह्मानन्दम र अलीलाई पनि नीताको पछाडि स्थान दिइएको छ । उनीहरूका साथै किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्र खुल्ने गरी पोस्टरमा देखाइएको छ । 

नीताले निर्माण गर्ने यस फिल्म उनका श्रीमान् युवा ज्योतिषी हरिहर अधिकारीले लेखेका हुन् । यो फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । उनको यो पहिलो नेपाली फिल्ममा डेब्यु निर्देशनसमेत हो । केही भोजपुरी फिल्म निर्देशन गरेका उनले यसअघि नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको परिचय बनाएका थिए ।

यो फिल्म नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । असोज ३ गते फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : २७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका