फेसबुकमा मन्दिरको फोटो हालिरहेका सन्दीप साताअघि पुगेका थिए क्यानडा | Khabarhub Khabarhub

फेसबुकमा मन्दिरको फोटो हालिरहेका सन्दीप साताअघि पुगेका थिए क्यानडा

क्यान अध्यक्ष चतुर भन्छन् : पारस र विनोदको योजनामा नेपालबाट सुटुक्क उडायौँ


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनअघिसम्म क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जाल फेसबुकमा मन्दिर दर्शनको फोटो हालिरहेका थिए ।

उनले पछिल्लो पटक आफ्नो फेसबुक पेजमा गोरखास्थित मनकामना मन्दिर र स्याङ्जास्थित डहरे देउराली मन्दिर दर्शन गरेको फोटो हाले ।

अमेरिकामा नेपाली टोलीले खेलिरहँदा भिसा रिजेक्टका कारण विश्वकप सपना तुहिएर सन्दीप तनावमा परेको आँकलन भइरहेका बेला सोमबार नयाँ फेसबुक पोस्ट देखियो ।

केही दिनअघिसम्म मन्दिर दर्शनको फोटो हालेर नेपाली फ्यानसँग अन्तरक्रिया गरिरहेका सन्दीपले सोमबार अचानक वेस्ट इन्डिजको सेन्टभिन्सेन्ट पुगेको खबरसहितको तस्बिर सार्वजनिक गरे ।

अमेरिकाले भिसा नदिएर सन्दीपलाई विश्वकप खेल्न रोकेपछि धेरैले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई गालीको वर्षा गरिरहेका थिए ।

अध्यक्ष चन्द र सचिव खड्काले गाली खाइरहँदा उनीहरूकै योजनामा सन्दीप भने क्यानडाको टोरन्टो हुँदै वेस्टइन्डिजमा अवतरण गरिसकेका थिए । तर क्यानाडामा बसेर फेसबुकमा भने उनी मन्दिर दर्शनको फोटो हालिरहेका थिए ।

सन्दीप क्यानडा हुँदै सुटुक्क वेस्टइन्डिज पुर्‍याएपछि अध्यक्ष चन्दले मंगलबार अमेरिकामा पत्रकारहरूसँग कुरा गर्दै यसबारे खुलाएका छन् ।

उनले नेपाल ट्युबका पत्रकार सरल गुरुङसँग अमेरिकामा मंगलबार कुराकानीका क्रममा सन्दीप क्यानडाको टोरन्टोमा साता लामो प्रशिक्षणपछि वेस्टइन्डिज पुगेको खुलाएका छन् । क्यानडामा उनलाई प्रशिक्षणका लागि नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले सघाएको पनि बताएका छन् ।

‘सन्दीप ‘अफिसियल्ली’ हिजो मात्रै वेस्ट इन्डिजमा अवतरण भएको हो । ऊ एक साताअघि नै नेपालबाट हिँडिसकेको थियो। तर यसबारे हामीबाहेक अरुलाई थाहा थिएन’, चन्दले भनेका छन्, ‘उसले टोरन्टोमा एक साता लामो प्रशिक्षण गरेको छ । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि सातामा एउटा मात्रै नियमित उडान भएकाले सोमबार उसलाई त्यहाँ पठाएका छौँ । क्यानले चार्टर उडान गर्न सक्ने अवस्था नभएकाले उसलाई एक साताअघि नै क्यानडा बोलाएर राखेका थियौँ ।’

क्यानडामा सन्दीपलाई एउटा क्रिकेट एकेडेमीमा राखेर प्रशिक्षण गराइएको उनले खुलाए । सन्दीपलाई सुटुक्क क्यानडा पुर्‍याउने जिम्मेवारी सचिव पारस खड्का र व्यवस्थापक विनोद दासलाई दिइएको पनि उनले बताए ।

‘विभिन्न अवरोध र बाधा अड्चन हुने बुझेर नै हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ’ उनले अगाडि भने ।

चन्दले नेपाललाई विश्वकपमा पुर्‍याउन सबैको भूमिका भए पनि सन्दीपको विशेष रहेको बताए ।

‘त्यसमा पनि सन्दीपको प्रमुख भूमिका थियो । अमेरिकाले भिसा उपलब्ध नगराएपछि कुनै हालतमा वेस्ट इन्डिजमा खेलाउने रणनीति थियो’, उनले भने, ‘उनलाई क्यानडा हुँदै वेस्ट इन्डिज पुर्‍याउन सचिव पारस र व्यवस्थापक विनोदले विशेष सक्रियता देखाए । उनी एक हप्ताअघि नेपालमा पनि अभ्यासरत थिए, क्यानडा हुँदै वेस्टइन्डिजमा पनि बलियो मनोबलसहित प्रशिक्षणरत छन् ।’

उनले सन्दीप राम्रो मनोबलमा रहेकाले विश्वकपमा छाप छाड्न सक्ने पनि बताए । ‘उसको जन्म क्रिकेट खेल्नकै लागि भएको हो । उसले नेपालले आशा गरेअनुरुप खेल्नेछ’, चन्दले प्रशंसा गर्दै भने ।

प्रतीशलाई रिप्लेस

सन्दीप  विश्वकप खेल्ने भएपछि नेपाली टोलीबाट प्रतीश जिसीलाई प्रतिस्थापन गरिएको छ ।

अमेरिकामा श्रीलंकासँगको खेलपछि अन्य खेलका लागि सन्दीप सोमाबर वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा हुने खेलमा सन्दीप टीममा पर्ने भएपछि प्रतीश जिसीलाई प्रतिस्थापन गरिएको छ।

प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले असन्तुष्टि जनाएकी छन् ।

सन्दीपलाई शुभकामना दिँदै उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्पिनर बलरको सब्टिच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ ?’

यद्यपि उनले सन्दीप टीममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन् । सबैले राष्ट्रका लागि खेल्ने भन्दै उनले शुभकामना पनि दिएकी छन् ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ५२ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ