ओडिशाको मुख्यमन्त्री बन्दै मोहनचरण माझी « Khabarhub

ओडिशाको मुख्यमन्त्री बन्दै मोहनचरण माझी


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर – भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

मङ्गलबार भएको दलको बैठकमा माझीलाई ओडिशामा भाजपाको विधायक दलको नेता चयन गरिएको हो ।

पार्टीका नवनिर्वाचित विधायकहरूको बैठकपछि सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले यो निर्णय घोषणा गरेका हुन् ।

उनका अनुसार कनक वर्धन सिंह देव र प्रवती परिडा उपमुख्यमन्त्री हुनेछन् । लोकसभा चुनावको साथमा भएको विधानसभा चुनावमा बहुमत प्राप्त गरेपछि भाजपाले ओडिशामा आफ्नो पहिलो सरकार बनाउने तयारी गरेको हो ।

राजनाथ सिंह र केन्द्रीय मन्त्री भूपेन्द्र यादव विधायकहरूको बैठकको लागि पार्टीको केन्द्रीय पर्यवेक्षकको रूपमा राज्यको राजधानी भुवनेश्वरमा रहेका थिए ।

ओडिशा विधानसभामा भाजपाले १४७ सिटमध्ये ७८ सिट जितेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : ४७ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ