मधेश सरकारको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा (पूर्णपाठ) « Khabarhub

मधेश सरकारको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा (पूर्णपाठ)


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई प्राथामिकता दिइएको छ ।

मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकासका लागि ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र’ तयार गरिने उल्लेख गरिएको छ ।

त्यस्तै मधेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ठोस योजनामार्फत पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने र वैदेशिक लगानी भित्र्याउन मधेश लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्दै मितव्ययी शासन व्यवस्था सञ्चालनका साथै विकास खर्च बढाउने नीतिलाई उच्च प्राथमिकतामा राखिएको छ ।

सरकारले ल्याएको निति तथा कार्यक्रममा दुर्व्यसनमा परेका युवाहरुमा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापना गरिने छ ।
.
घुमौ मधेश–बुझौ मधेश

सरकारले अगामी आर्थिक वर्षमा घुमौ मधेश–बुझौ मधेश कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्धनका लागि पर्यटन बोर्ड गठनदेखि जयनगरबाट रेल चढेर आउने पर्यटकलाई एकैठाउँमा बस्ने व्यवस्था हुनेगरी धर्मशाला निर्माणसम्मको योजनालाई प्राथमिकतामा राखिएको छ ।

मिथिला क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन, ग्रामिण भेगमा ग्रामिण पर्यटन, नदी तथा वन क्षेत्रमा साहसिक पर्यटन र राजमार्ग क्षेत्रमा मनोरञ्जनात्मक पर्यटनका कार्यक्रमहरु सञ्चालन गर्ने सरकारको नीति छ ।

त्यस्तै, रुपनीमा केवुलकार सञ्चालन गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गरी सामूहिक विवाहका कार्यक्रम सञ्चालन गर्न सरकारले अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

पूर्णपाठ

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ९ : १७ बजे

एमालेलाई ठूलो धक्का, सुरुवाती नतिजामै पछाडि परे यी शीर्ष नेता

काठमाडौं– लामो समय नेपाली राजनीतिको केन्द्रमा बलियोसँग रहेको नेकपा (एमाले)

कैलाली, ३ मा मतगणना सुरु

घोडाघोडी– कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ ।

कैलाली क्षेत्र नं १ मा कांग्रेसका जनक चौधरीको अग्रता 

कैलाली– कैलाली क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज

सर्लाही ४ मा गगन तेब्बर मतले पछाडि, अमरेशले बनाए फराकिलो अग्रता

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई