टी–२० विश्वकप : नेपालसामू टेस्ट टोलीलाई स्तब्ध पार्ने अवसर « Khabarhub

टी–२० विश्वकप : नेपालसामू टेस्ट टोलीलाई स्तब्ध पार्ने अवसर


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार बिहान श्रीलंकाको सामना गर्दै छ ।

अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र श्रीलंकाको खेल सुरु हुनेछ। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो।

श्रीलंका तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन्।

तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन्।

नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

नेदरल्यान्ड्सको विकेट गएपछि नेपाली टिमको खुशी । तस्बिरः क्यान

विश्वकप खेल्ने नेपाली टिम

टी–२० विश्वकप खेल्ने नेपाली टिममा अमेरिकी भिसा नपाएका सन्दीप लामिछानेसमेत थपिएका छन्। उनले वेस्ट इन्डिजमा हुने खेल मात्र खेल्नेछन्। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ९ : ३९ बजे

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका