एकीकृत समाजवादीले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने « Khabarhub

एकीकृत समाजवादीले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आगामी असार १६ देखि काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ ।

अध्यक्ष नेपालले भने, ‘पार्टीको तल्ला कमिटी तथा सात वटै प्रदेश कमिटीहरुले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरुको भावना अनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेछौं ।’

अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताए । ‘कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जवज पार्टीको कार्यक्रम हो’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले सवै राजनीतिक पार्टीको अवस्था उस्तै रहेकाले उच्च मनोवलका साथ गण्डकी प्रदेशमा पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा गण्डकीका इन्चार्ज तुल वहादुर गुरुङ, पार्टी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मजवुत पार्टी निर्माणका लागि सङ्गठन विस्तारमा जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : ४४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि