तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली « Khabarhub

तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

खोटाङ –हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै आज बृहत् साकेला सिली प्रदर्शन गरिएको छ ।

साकेला उभौलीको अवसरमा आज विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो ।

किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार-संस्कृतिको संरक्षण गर्न तुवाचुङ-जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ तीन चुल्हाको पूजा गरी साकेला सिली प्रदर्शन गरेका हुन् ।

यस ठाउँमा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती रहेको तुवाचुङ(जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।

त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको तुवाचुङ(जायजुममा संसारभरका किरात समुदाय पितृ पुर्खालाई पूज्न आउने गर्छन् ।

सिली प्रदर्शनीमा १३ समूहले ढोल, झ्याम्टाको तालमा गाउँदै साकेला सिली प्रदर्शन गरेका थिए । सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले गरेका थिए ।

साकेला उभौलीले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताए ।

‘साकेलामा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु-याउँछ’, उनले भने ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : ४७ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७