आज २०८१ साल असार २७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २७ गते बिहीबारको राशिफल


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २७ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ११ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि। विश्व जनसंख्या दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने लगानी नगर्नु राम्रो हुन्छ। राजनीतिक र धार्मिक गोष्ठीमा सहभागी हुने अवसर मिल्नेछ। अरुको अस्तित्व स्वीकार गर्नुपर्ने दिन छ।

वृष : बोलीमा मोहनी छ। परोपकारमा अगाडि बढ्ने बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने दिन छ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सामान्य लगानीबाट राम्रो उन्नति हुनेछ। नयाँ ठाउँको यात्राले मन शान्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। देशभित्र लगानीका अवसर देखिने छन्।

कर्कट : भौतिक सम्पत्ति जोड्ने दिन छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। लगानीको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : कामको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धी पछाडि पर्दै जानेछन्। काम सम्पन्न नहुँदासम्म परिवारभित्र योजना सर्वजनिक नगर्नु राम्रो हुन्छ।

कन्या : शिक्षामा प्रगति हुनेछ। स्वास्थ्य क्षेत्रको लगानी सफल हुने योग छ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवासँगको सल्लाहमा गरेको लागानीबाट राम्रो फाइदा हुनेछ। शिक्षाको आम्दानी सञ्चित गर्ने समय छ।

तुला : समय रमाइलो छ। नयाँ ठाउँको यात्रामा पुराना साथीसँग भेट हुनेछ। व्यापारको लगानीबाट नाफा हुनेछ। शिक्षामा आलस्यपनले समस्या हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : मान्यजनबाट आज्ञा लिएर अगाडि बढ्नाले मनोकांक्षा पूरा हुनेछ। सामाजिक क्षेत्रको झुकाबबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा मनमुटाब हुने जोखिम छ।

धनु : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय छन्। परिवारबाट तपाईंको रक्षा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : भ्रमणको योग छ। उपयुक्त ठाउँको योजना बनाउनु राम्रो हुनेछ। यात्रा सुखद् हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साही हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : रोकिएका काम बन्नेछन्। रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा असहयोग हुनेछ। राजनीतिमा खुट्टा तान्ने मान्छे सक्रिय छन्। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मीन : सरकारी कामबाट दुःख पाउने योग छ। तपाईंमाथि प्रश्न गर्ने व्यक्ति सक्रिय छन्। बौद्धिक व्यक्तिसँगको सहकार्य राम्रो हेला। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : ०७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर