राष्ट्रियसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभाका अध्यक्षले पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक विधेयक, २०८१ माथि सदनमा दफावार छलफल पश्चात पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, अर्थमन्त्रीले राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ माथि दफावार छलफल पछि पारित गरी प्रतिनिधिसभामा पठाउन प्रस्ताव प्रस्तुत गर्ने छन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री तामाङले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ०९ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ