उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा « Khabarhub

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

उरुग्वेमाथिको सननसनीपूर्ण जितसँगै कोलम्बियाले २८ खेलको अपराजित यात्रालाई कायम राखेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ४३ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा