'नेपाल फेस्टिभल २०२४' सम्पन्न : हिमाल सागरको गीतमा झुमे दर्शक | Khabarhub Khabarhub

‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न : हिमाल सागरको गीतमा झुमे दर्शक


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलियम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । 

गायक हिमाल सागरले महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए । उनले क्यानडामा रहेका नेपाली माझ प्रस्तुती दिन पाउँदा छुटै अनुभूति भएको बताए । 

गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । 

महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । 

महोत्सवको केन्द्रीय विषयमा नेपाली गीत सङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारले स्थान पाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । 

भण्डारीले भने, ‘नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपाली बीच सामिप्यता बढाउन सफल भयौं ।’

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा सम्पन्न एक दिने महोत्सवमा पाँच हजार भन्दा बढी नेपाली सहभागी भए । 

लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १२ : ५७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड