गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा | Khabarhub Khabarhub

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अर्क्स ग्रुप प्रालि चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीले गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।

अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएल उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिकआवरको मोटर मोटर जडान गरिएको छ ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको  गोल्डेन ड्रागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ । 

त्यस्तै, अर्क्स ग्रुप गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपालमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।  गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केही महिनामा नेपाल आइपुग्ने अक्र्स ग्रुपले जनाएको छ ।

यी भ्यानहरू लामो दूरी र छोटो  दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, करपोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १ : ४५ बजे

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो