जब उरुग्वेका खेलाडी र कोलम्बियाका समर्थक मैदानमै कुटपिटमा उत्रिए « Khabarhub

जब उरुग्वेका खेलाडी र कोलम्बियाका समर्थक मैदानमै कुटपिटमा उत्रिए


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा जेम्स रोड्रिगेजको क्रसलाई जाली चुमाउँदै गरेको १ गोल नै निर्णायक भएको खेलपछि झडप भएको हो ।

कोलम्बियाले अर्जेन्टिनाविरुद्ध फाइलन पक्का गर्दा उरुग्वे निराश भएको हो । १० खेलाडीमा सीमित कोलम्बियाका लागि लेर्माको एकमात्र गोल उरुग्वेलाई हराउन पर्याप्त भयो ।

खेलको अन्तिम सिठ्ठी बजेलगत्तै कोलम्बियाका प्रशंसक र उरुग्वेका खेलाडीबीच स्ट्यान्डमा हात हालाहाल भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लिभरपुलका स्ट्राइकर डार्विन नुनेज र उरुग्वेका केही खेलाडी स्टेडियमबाट स्ट्यान्डमा उक्लेर कोलम्बियाका समर्थकसँग भिडेका हुन् ।


यस घटनाका क्रममा नुनेज सबैभन्दा अगाडि थिए। फक्स सकरले एक्समा यस घटनाको पूरा भिडियो हालेको छ । उसको कमेन्ट्रीयमा यस घटनाको वर्णन पनि गरिएको छ ।

‘उरुग्वेका खेलाडी स्ट्यान्डडमा गएर कोलम्बियन समर्थकसँग विवाद गरिरहेका थिए। त्यहीबेला मुक्का, लात्तीले हान्न थालियो । पेय पदार्थ र फोहोर जस्ता वस्तु एकअर्कामाथि फ्याँकिएको देख्न सक्नु हुन्छ ।’

ईएसपीएनले बताएअनुसार दक्षिण अमेरिकी फ़ुटबलको संस्था कोनमेबोल जसले कोपाको आयोजना पनि गर्छ, यस घटनाको पूरा जाँच तयारी गरेको छ ।

पूरा घटनाबारेमा जानकारी दिँदै उरुग्वेका कप्तान जोस मारिया गिमेनेजले खेलाडीहरू आफ्ना परिवारको बचाउमा उत्रिएको जानकारी दिएका छन् ।

ईएसपीएनलाई उद्धृत गर्दै आधिकारिक प्रसारणमा गिमेनेजले भने, ‘कृपया सावधान रहनुस्, हाम्रा परिवार स्ट्यान्डमा छन्, त्यहाँ नवजात शिशु पनि छन् ।’

उरुग्वेका खेलाडीहरूले यसलाई एक आपत् भन्दै आफ्ना परिवारलाई संरक्षणका लागि त्यहाँ पुलिस पनि नभएको बताएका थिए ।

स्ट्यान्डमा मदिरा पिएका कोलम्बियन समर्थकहरूले उरुग्वेका खेलाडीका परिवारलाईसमेत आक्रमण गर्न थालेपछि नुनेजसहितका आक्रोशित भएको बताइएको छ ।

कोल्मबियासँग हारेपछि उरुग्वेले शनिबार तेस्रो स्थानको प्लेअफमा क्यानाडाविरुद्ध खेल्ने छ । कोलम्बिया आइतबार हार्ड रक स्टेडियममा उपाधिका लागि अर्जेन्टिनासँग भिड्नेछ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  २ : २३ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको