जब उरुग्वेका खेलाडी र कोलम्बियाका समर्थक मैदानमै कुटपिटमा उत्रिए | Khabarhub Khabarhub

जब उरुग्वेका खेलाडी र कोलम्बियाका समर्थक मैदानमै कुटपिटमा उत्रिए


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा जेम्स रोड्रिगेजको क्रसलाई जाली चुमाउँदै गरेको १ गोल नै निर्णायक भएको खेलपछि झडप भएको हो ।

कोलम्बियाले अर्जेन्टिनाविरुद्ध फाइलन पक्का गर्दा उरुग्वे निराश भएको हो । १० खेलाडीमा सीमित कोलम्बियाका लागि लेर्माको एकमात्र गोल उरुग्वेलाई हराउन पर्याप्त भयो ।

खेलको अन्तिम सिठ्ठी बजेलगत्तै कोलम्बियाका प्रशंसक र उरुग्वेका खेलाडीबीच स्ट्यान्डमा हात हालाहाल भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लिभरपुलका स्ट्राइकर डार्विन नुनेज र उरुग्वेका केही खेलाडी स्टेडियमबाट स्ट्यान्डमा उक्लेर कोलम्बियाका समर्थकसँग भिडेका हुन् ।


यस घटनाका क्रममा नुनेज सबैभन्दा अगाडि थिए। फक्स सकरले एक्समा यस घटनाको पूरा भिडियो हालेको छ । उसको कमेन्ट्रीयमा यस घटनाको वर्णन पनि गरिएको छ ।

‘उरुग्वेका खेलाडी स्ट्यान्डडमा गएर कोलम्बियन समर्थकसँग विवाद गरिरहेका थिए। त्यहीबेला मुक्का, लात्तीले हान्न थालियो । पेय पदार्थ र फोहोर जस्ता वस्तु एकअर्कामाथि फ्याँकिएको देख्न सक्नु हुन्छ ।’

ईएसपीएनले बताएअनुसार दक्षिण अमेरिकी फ़ुटबलको संस्था कोनमेबोल जसले कोपाको आयोजना पनि गर्छ, यस घटनाको पूरा जाँच तयारी गरेको छ ।

पूरा घटनाबारेमा जानकारी दिँदै उरुग्वेका कप्तान जोस मारिया गिमेनेजले खेलाडीहरू आफ्ना परिवारको बचाउमा उत्रिएको जानकारी दिएका छन् ।

ईएसपीएनलाई उद्धृत गर्दै आधिकारिक प्रसारणमा गिमेनेजले भने, ‘कृपया सावधान रहनुस्, हाम्रा परिवार स्ट्यान्डमा छन्, त्यहाँ नवजात शिशु पनि छन् ।’

उरुग्वेका खेलाडीहरूले यसलाई एक आपत् भन्दै आफ्ना परिवारलाई संरक्षणका लागि त्यहाँ पुलिस पनि नभएको बताएका थिए ।

स्ट्यान्डमा मदिरा पिएका कोलम्बियन समर्थकहरूले उरुग्वेका खेलाडीका परिवारलाईसमेत आक्रमण गर्न थालेपछि नुनेजसहितका आक्रोशित भएको बताइएको छ ।

कोल्मबियासँग हारेपछि उरुग्वेले शनिबार तेस्रो स्थानको प्लेअफमा क्यानाडाविरुद्ध खेल्ने छ । कोलम्बिया आइतबार हार्ड रक स्टेडियममा उपाधिका लागि अर्जेन्टिनासँग भिड्नेछ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  २ : २३ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ