काठमाडौं- विस्तारै नेपालतर्फ मनसुनको प्रभाव बढ्दै जाँदा निरन्तर झरी परिरहेको छ । पूर्वी क्षेत्रबाट मनसुनको प्रभाव मध्य नेपालसम्म पुग्दा उपत्यकामा पनि निरन्तर झरी परिरहेको छ ।
मनसुनी वायुको प्रभाव नेपालनजिक रहेको न्यून चापीय रेखाको उत्तरतर्फ आएका बिहीबार बिहान देशभरको मौसममा बदली भएको थियो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार बिहीबार बिहानैदेखि उपत्यकासहितको भूगोल झरीले निथ्रुक्क रुझेको छ ।
काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेसम्म मात्रै १६ मिलिमिटर पानी मापन गरिएको छ । हेरौँ झरीले निथ्रुक्क काठमाडौं उपत्यकाका तस्बिरहरू :
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया