पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव « Khabarhub

पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । पेट्रोलियम डिलरहरुले आन्दोलन चर्काएपछि कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

विभिन्न माग राख्दै पाकिस्तान पेट्रोलियम डिलर संघले आन्दोलन गरेको हो । उनीहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी असहज भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

शहरमा इन्धनको आपूर्ति सहज बनाउन आफूहरूले प्रयास गरिरहेको पाकिस्तान स्टेट आयल (पीएसओ) ले जनाएको छ । ट्यांकर ढुवानी गर्ने आयल ट्यांकर अनर एसोसिएशनका अध्यक्ष शाम्श शाहवानीलाई उद्धृत गर्दै पाकिस्तानको एआरवाई टेलिभिजनले जनाएअनुसार ऊर्जाकेन्द्र, रेलमार्ग र विमानस्थलजस्ता शहरका अत्यावश्यक पूर्वाधारमा पेट्रोलियम ढुवानी नियमित भइरहेको छ ।

पाकिस्तान सरकारले पेट्रोल अभावको समस्या समाधान गर्न आन्दोलनरत पेट्रोलियम डिलरहरुलाई वार्तामा बोलाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ३ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार