कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन « Khabarhub

कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ ।

बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कोही मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरे ।

संविधानअनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् ।

त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । उनले बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउँदै शुक्रबार ११ बजे बस्नेगरि स्थगित गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रीहरू भने सिंहदरबारमा मन्त्रिपरिषद्को अन्तिम बैठकमा सहभागी थिए ।

अहिले अल्पमतमा परिसकेको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै मन्त्री छन् ।  नेकपा एमालेसहितका अन्य सत्ता साझेदारले एकपछि अर्को गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारको साथ छाडिसकेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ५ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर