कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन « Khabarhub

कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ ।

बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कोही मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरे ।

संविधानअनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् ।

त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । उनले बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउँदै शुक्रबार ११ बजे बस्नेगरि स्थगित गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रीहरू भने सिंहदरबारमा मन्त्रिपरिषद्को अन्तिम बैठकमा सहभागी थिए ।

अहिले अल्पमतमा परिसकेको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै मन्त्री छन् ।  नेकपा एमालेसहितका अन्य सत्ता साझेदारले एकपछि अर्को गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारको साथ छाडिसकेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ५ : ४० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव