मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी « Khabarhub

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीतालाई बिहीबार दोषी ठहर गरेको हो ।

गीतामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी शिक्षकको जागिर खाएको आरोप थियो । त्यही कसुरमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् ।

अख्तियारको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । अख्तियारले उनीविरुद्ध २०७९ असोज ७ गते भ्रष्टाचार मुद्दा चलाए थियो ।

मुख्यमन्त्री पत्नी गीता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीकी नेतृ पनि थिइन् । विशेषले उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ६ महिना जेल र १० हजार रुपैयाँ जरिवाना हुने पनि फैसला गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ६ : ०७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको