दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु « Khabarhub

दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– दक्षिणपश्चिम चीनमा वर्षाका कारण छ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले जनाएका छन् । 

राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी वर्षा भएको बताएको छ । 

राज्य प्रसारणकर्ता सिसिटिभीले काउन्टी बाढी नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै बिहीबार भू-प्रकोपमा चार जनाको मृत्यु भएको र थप दुई जना डुबानमा परेको जनाएको छ ।  

भारी वर्षाका कारण घरहरू ढल्दा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना भूस्खलनमा फसेको सिन्ह्वाले बताएको छ । 

सिन्ह्वाका अनुसार वर्षाका कारण करिब सात हजार मानिस प्रभावित भएका छन् र एक सय ७० जनालाई उक्त स्थान खाली गर्न चेतावनी दिइएको छ । 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ६ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको