कोशीलाई उत्कृष्ट बनाउनेगरि काम हुँदैछ : मुख्यमन्त्री कार्की « Khabarhub

कोशीलाई उत्कृष्ट बनाउनेगरि काम हुँदैछ : मुख्यमन्त्री कार्की


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङऔ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्‌घाटन गर्दै उनले सरकारको प्राथमिकता मानवीय विकासको सूचकांकलाई उच्च पार्नु रहेको विचार राखे ।

मुख्यमन्त्री कार्कीले नीतिगत रुपमा बजेटमा लैङ्गिक विभेद नगरेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वमा बजेटउन्मुख रहेको विचार व्यक्त गरे। उनले कर्मचारी अभावका कारण लक्ष्यअनुसारको बजेट खर्च गर्न नसकिरहेको गुनासो गरे।

उनले चालु आर्थिक वर्षमा ७८ दशमलव ३५ प्रतिशत पुँजीगत र ७५ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलामैत्री, सामाजिक उत्थान, भेदभाव  अन्त्यतर्फ  ध्यान केन्द्रित रहेको बताए।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, ज्येष्ठ सदस्य गयानन्द मण्डल, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटाले दलगत राजनीतिबाट माथि उठी महिला उत्थानका विषयमा प्रदेशसभामा आवाज उठाउन आग्रह गरे ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ५९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका