विश्वविद्यालयले उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

विश्वविद्यालयले उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा आज यहाँ आयोजित ‘विश्वविद्यालय र रोजगारदाताबीच अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले सामान्य कामदार उत्पादन गरेर वैदेशिक रोजगारमा जाने र विप्रेषण भित्र्याउने सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

विश्वविद्यालयको कुलपतिसमेत रहेका मुख्यमन्त्री कार्कीले चार वर्षमा विश्वविद्यालयले उल्लेखनीय प्रगति हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले उच्चस्तरका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खनिज उत्खनन, सुरुङ खन्ने र विभिन्न सङ्क्रमित रोगसँग लड्ने निरोधात्मक खोप निर्माणमा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सकेमा उत्पादन बढ्ने र पर्यटक भित्रिने सम्भावना रहेको धारणा राखे । विश्वविद्यालयका सहकुलपति एवं प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विश्वविद्यालयबाट उत्पादित जनशक्ति स्वदेशमा मात्र नभइ विश्वबजारमा टिक्नसक्ने किसिमको हुनुपर्ने बताए ।

पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले रु एक अर्ब ५० करोडभन्दा बढी सम्पत्ति प्रदेश सरकारमा हस्तान्तर भई आएको यो विश्वविद्यालयलाई प्रदेश सरकारले ६५ प्रतिशत मात्र आर्थिक दायित्व व्यहोर्नुपर्ने जानकारी दिए। दुहबी नगरपालिकाका प्रमुख वेदप्रसाद गच्छदारले परम्परागत शिक्षाले बेरोजगारी समस्या समाधान नगर्ने भएकाले सीपमूलक र व्यवसायमूलक शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले विश्वविद्यालयले समाज र राष्ट्रको आवश्यकता परिपूर्ति गर्ने शिक्षा दिन तत्पर रहेको बताउँदै विश्वविद्यालयबाट उत्पादित जनशक्तिमध्ये ९० प्रतिशतले रोजगार पाइरहेको जानकारी दिए । कार्यक्रममा डा दीपराज डङ्गोल, रिजन निरौला र सङ्गम पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : ०१ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि