मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति | Khabarhub Khabarhub

मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ ।

मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि आज असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ ।

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय छ जना घाइते भएका पनि जानकारी दिए । अहिलेसम्म छ जना बेपत्ता रहेका छन् । बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : २३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि