सडक बगेपछि आवागमन कष्टकर « Khabarhub

सडक बगेपछि आवागमन कष्टकर


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ ।

यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । उनले बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए । बढीबाट पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।

उनले गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने बताए । बाटो बनाउन १० करोड लाग्ने उनको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प आफूहरूसँग नभएको पनि उनको भनाइ छ ।

बढीले वडा नम्बर १ गौडेनीस्थित पुलमा एक करोड ५० लाख, वडा नम्बर ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नम्बर ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नम्बर ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ११ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २