एफए कप कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई उपाधि « Khabarhub

एफए कप कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई उपाधि


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एफए कप कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। वेम्बली रंगशालामा शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ७–६ गोलले हराउँदै सिटीले उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा ८२औँ मिनेटमा युनाइटेडका अलेजान्ड्रो गार्नाचाले सुरुवाती गोल गरेका थिए । तर खेलको ८९ औँ मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो जितसँगै सिटीको यो सातौँ उपाधि हो । सिटीले यसअघि सन् १९३७, १९६८, १९७२, २०१२, २०१८ र २०१९ मा उपाधि जितेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ९ : ०४ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव