हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार | Khabarhub Khabarhub

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.5k
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए ।

जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन् ।

मगरलाई थप उपचारका लागि परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उनले जानकारी दिइन्।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ०५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका