हामीले सुरु गरेको सुशासनका कार्यक्रमबाट सरकार पछि हट्ने देखियो : प्रवक्ता सापकोटा | Khabarhub Khabarhub

हामीले सुरु गरेको सुशासनका कार्यक्रमबाट सरकार पछि हट्ने देखियो : प्रवक्ता सापकोटा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरी नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए ।

केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरूले जोड दिएको उनले बताए ।

त्यस्तै जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरूबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरू समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले  वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाइ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : २२ बजे

दशैँ नेपालीको, टीका लगाउने चामल भारतको !

काठमाडौं – नेपालको राष्ट्रिय, सामाजिक र पारिवारिक वातावरण यतिखेर सालको

दशैँले आपसी सहयोग, मेलमिलापको भावना जागृत गर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले दशैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव

कलाकारको दशैँ : कोही गाउँ फर्के, कोही शहरमै

काठमाडौं – यसपाली दशैँको सङ्घार अर्थात् गत असोज ११ र

दशैँले एकतालाई अझ सुदृढ बनाउँछ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा पनि तनहुँ जलविद्युतको काम निरन्तर

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट